बहुविवाहलाई वैधानिकता दिने कानुन नआउने सर्तमा बिनुले तोडिन् अनशन


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाले नेपालमा बहुविवाहलाई वैधानिकता दिने कानुन नआउने स्पष्ट पारेका छन् । उनले एक विवाह भएको पुरुषसँग सम्बन्ध स्थापित गर्ने महिलालाई समेत कारबाही गर्ने नियम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री चौरासियाको यो प्रतिबद्धतापछि माइतीघर मण्डलामा ६ दिनदेखि आमरण अनशनमा बसेकी बिनु यादवले आफ्नो अनशन तोडेकी छन् । कानुन मन्त्री अजय चौरासियाले स्वयं यादवलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

यादवले बहुविवाहलाई प्रोत्साहन गर्ने कुनै पनि कानुन नल्याउन र दोस्रो विवाह गर्ने पुरुष तथा त्यस्ता पुरुषसँग सम्बन्ध राख्ने महिला दुवैलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै अनशन बसेकी थिइन् ।

मन्त्रीको स्पष्ट आश्वासनपछि उनले अनशन तोडेकी हुन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top