रविलाई नेपालमा मैले नै चिनाएको हुँ: ओली


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफूले नै नेपाली राजनीतिमा स्थापित गराएको दाबी गरेका छन्।

उनले लामिछानेको हालको कानुनी प्रक्रिया र त्यसप्रतिको प्रतिक्रियालाई ‘स्टन्टबाजी’ को संज्ञा दिए।

वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले लामिछाने प्रकरणमा आफू र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले व्यक्तिगत चासो लिएर फसाउन खोजेको भन्ने आरोपलाई ‘बिलकुल गलत’ भन्दै खण्डन गरे।

‘रवि लाई त नेपालमा चिनाएको मैले हो। मैले टेलिभिजन कार्यक्रममार्फत चिनाएको हुँ,’ अध्यक्ष ओलीले भने, ‘सरकार बन्दाखेरि उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मान्छे म हुँ।’

आफूलाई लामिछानेको गिरफ्तारीबाट कुनै व्यक्तिगत फाइदा वा घाटा नहुने बताउँदै उनले प्रश्न गरे, ‘रवि लाई छोड्दा मलाई कति घाटा हुन्छ ? मेरो कुनै उद्योग बन्द हुन्छ ? के हुन्छ ?’

उनले लामिछानेले पक्राउ पर्नुअघि नै भिडियो सन्देश तयार पारेको विषयलाई ‘स्टन्टबाजी’ को संज्ञा दिए। ‘त्यो किन गरेको थियो भन्दा स्टन्टबाजी थियो एउटा। यसो गरेपछि समाउन सक्दैन, यसो गरेर एउटा वातावरण क्रिएट गर्न सकिन्छ भनेर,’ उनले भने।

अध्यक्ष ओलीले सडकबाटै न्याय खोज्ने र कानुनी प्रक्रियालाई प्रभावित पार्न खोज्ने प्रवृत्ति भन्दै आलोचना गरे। ‘सडकले सबै कुरा निर्धारण गर्ने र हुल्याहा प्रवृत्तिबाटै निर्णय हुने कुराको पक्षमा म छैन,’ उनले भने। उनले थपे, ‘भ्रष्टाचार, बेथिति र ठगीविरुद्ध उफ्रिनेहरूले नै यस्ता विषयमा दोहोरो चरित्र देखाउँदा अचम्म लाग्छ।’

उनले आफू राज्य सञ्चालनमा रहँदा कुनै पनि किसिमको स्नेहभाव वा वैरभावबाट प्रभावित नहुने स्पष्ट पारे। ‘मैले स्नेहभावले पनि चल्दिनँ र कुनै वैरभावबाट पनि प्रभावित हुनुहुँदैन। यो कुरामा म बहुत सचेत छु,’ उनले भने।

उनले सहकारी ठगी प्रकरणमा अन्य व्यक्तिहरू पनि पक्राउ परेको तर लामिछानेको विषयलाई मात्रै लक्षित गरेर प्रचार गरिएकोतर्फ संकेत गरे। उनले राज्यका निकायहरूले स्वतन्त्र रूपमा काम गरिरहेको र आफूले कुनै निर्देशन नदिएको दाबीसमेत गरे।

आफ्नो १४ वर्षे जेल जीवन सम्झँदै ओलीले भने ‘मलाई पनि बिनामुद्दा ४ वर्ष थुनिएको थियो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top