एकीकृत समाजवादीको सचिवालय बैठक जारी


काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा पार्टीले चलाउन लागेको देशव्यापी अभियान, केही जिल्लाहरूमा बाँकी रहेको जिल्ला अधिवेशन सम्पन्न गर्ने बारे छलफल हुने पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए ।

पार्टी स्रोतका अनुसार बैठकमा माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेका आरोप बारे ब्रिफिङ गर्नेछन् । अध्यक्ष नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले ३५ लाख धरौटीमा रिहा गरेको छ ।

कतिपय जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा अध्यक्ष नेपाललाई बोलाएकाले भ्रष्टाचारको आरोप लागेको बेला सहभागी हुने कि नहुने भन्ने बारेमा पनि विवाद रहेको पार्टी स्रोतले जानकारी दिएको छ ।

पार्टीभित्र कार्यवाहक अध्यक्ष तोक्नुपर्ने र संसदीय दलको नयाँ नेता बनाउनुपर्ने दबाब कतिपय नेताहरूले अध्यक्ष नेपाललाई दिइरहेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top