काठमाडौं । ढिला गरी निर्माण सम्पन्न भएको ग्वार्को फ्लाइओभर उद्घाटनअघि अनुगमन गरिएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिले बुधबार फ्लाइओभरको अनुगमन गरेको हो।
समिति सभापति दीपकबहादुर सिंहसहित समितिका सदस्यहरू पुगेर अनुगमन गरे। फ्लाइओभर शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् । त्यसपछि यातायात सञ्चालनमा ल्याइने छ ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
निर्माण कार्यमा ढिलाई भए पनि नेपालमा यस्तो प्रकृतिको पहिलो योजना भएका कारण अनुगमन टोली हर्षित देखिएका छन् ।















