युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी


काठमाडौं । नेकपा (एमाले) को भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । थेबे १८८ मतान्तरले विजयी बनेका हुन् । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । औपचारिक नतिजा घोषणा भने हुन बाँकी छ ।

कुल एक हजार ७६४ मत थियो । त्यसमध्ये एक हजार ४०४ मत खसेको थियो । मंगलबार (जेठ १३) बिहान १० बजेदेखि ४५ विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदानमार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ पदमा निर्वाचित हुने छन् ।

कुन प्रदेशमा कति ?

१.सुदुरपश्चिम प्रदेश
सुमन पुरी ६४
क्षितिज थेवे ५२
२. कर्णाली प्रदेश
सुमन पुरी ५४
क्षितिज थेवे ५१
३. गण्डकी प्रदेश
सुमन पुरी ३९
क्षितिज थेवे ८४
४. विशेष प्रदेश
सुमन पुरी ३५
क्षितिज थेवे ३४
५. लुम्बिनी प्रदेश
सुमन पुरी ७९
क्षितिज थेवे ५२
६. आयोजक
सुमन पुरी १७६
क्षितिज थेवे २३४
७. कोशी प्रदेश
सुमन पुरी ३१
क्षितिज थेवे १५४
८. मधेश प्रदेश
सुमन पुरी ६२
क्षितिज थेवे ३९
९. बागमती प्रदेश
सुमन पुरी ६८
क्षितिज थेवे ९६

जम्मा मत
सुमन पुरी ६०८
क्षितिज थेवे ७९६


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top