काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् । बिहीबार अपराह्न एक नेपाली विद्यार्थी कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको त्यहाँ अध्ययरत् नेपाली विद्यार्थीहरुले बताएका छन् ।
बीरगन्जकी प्रिसा शाह झुण्डिएर मृत अवस्थामा फेला परेकी हुन् । उनी दोस्रो वर्षकी विद्यार्थी हुन् । त्यहाँ अध्ययरत् नेपाली विद्यार्थी अनुसार साँझ ७ बजेपछिको घटना भएपनि कलेजले आधिकारिक सूचना गरेको छैन ।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएपनि त्यसको कुनै सुनुवाई नभएको गुनासो आएको थियो ।
कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । परिवार र आफन्तले कलेज प्रशासनसँग छानविनको माग राखेर मात्रै शव नेपाल ल्याएका थिए ।
Video:
https://www.facebook.com/share/v/1AkA6aB7zk/






