काठमाडौँ । अर्थ मन्त्रालयमा शिक्षा, गृह र अर्थमन्त्रीबिच छलफलमा सुरु भएको छ। शिक्षकहरूले उठान गरेका मागहरूका विषयमा तीन मन्त्रीबिच छलफल भएको हो ।
शिक्षकहरूले शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्ले तत्काल गर्नुपर्ने काम समेत अघि नबढाएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनीहरुले थप सङ्घर्षका कार्यक्रम घोषणा गरिरहेका छन् ।
अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन् ।
शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । यसले गर्दा भर्ना अभियानका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईलाई बुझाएको २४ बुँदे ध्यानाकर्षण पत्रमा आफ्ना मागहरू अहिलेसम्म किन सम्बोधन हुन नसकेको हो भन्दै उनीहरुले प्रश्न गरेका थिए।






