प्रधानमन्त्रीको आश्वासनमा शंका छैन तर काम नभएसम्म विश्वास लाग्दैनः हर्क साम्पाङ


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानका जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सडक निर्माण नभए धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने बताएका हुन्।

उनले धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको बताए। उनले खानेपानी व्यवस्थापनका लागि करिब पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको उल्लेख गरे।

प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ। उनले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उत्तिकै बढेको बताए।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top