काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय र अदालत लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको थियो ।

गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । लगत्तै मिश्रसहित केहीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । भर्खरै उनीहरूलाई अदालतभित्र लगिएको हो । उनीहरुलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि अदालत उपस्थित गराइएको हो ।

राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ । त्यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ ।







