पूर्वयुवराज पारस शाहलाई चौथोपटक हृदयघात, अस्पतालमै कति दिन रहने ?


काठमाडौं ।  पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ र अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।

पारसलाई अहिले चौथो पटक हृदयघात भएको अस्पताल स्रोतले जानकारी गराएको छ । शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो ।

पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ ? भन्ने प्रश्नमा अस्पताल स्रोतका अनुसार, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।’ पूर्वयुवराज पारस शाहलाई तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top