काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।
पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने छन् । गणतन्त्रको स्थापनापछि पनि पूर्वराजाको हातबाट सर्वसाधारणले टीका तथा जमरा लगाउँदै आएका छन् ।







