जनताहरु गरिबीको रेखामुनी नपर्नेगरी सकारले काम गर्छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा  ओलीले  भविष्यमा कुनै नेपालीले दुःख नपाउन भनेर आफूले काम गरिरहेको बताएका छन् ।  शनिबार युथ कनक्लेभ २०२४ मा बोल्दै उनले कोहीपनि नेपाली निरपेक्ष गरिबीको  रेखामुनी नपर्नेगरी आफूले काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अब भविष्यमा हाम्रा कोही पनि नेपाली दाजुभाई दिदीबहिनीहरुले निरपेक्ष गरिबीको रेखामुनी पर्न नपरोस्, खान लाउन नपाउने स्थिथि आउन नपरोस्, आफ्ना प्यारा सन्तानहरुलाई पढाउन लेखाउन नसक्ने स्थिति नआओस्, बिरामी हुँदा स्वास्थ्य उपचार गराउन नसक्ने अवस्था नहोस् भनेर त्यसका लागि म काम गरिरहेको छु । ’

साथै उनले आफूले गर्न लागेको हरेक काममा युवाको साथ आवश्यक हुने बताए ।  उनले अहिलेसम्म दुनियाँमा जति काम भएका छन् त्यो सबै युवा वर्गले गरेको बताए ।

उनले  विषय  विधा छुट्याएर  अवसरलाई  सदुपयोग गर्न  हरेक युवाहरुलाई  आग्रह गरे ।  उनले  अहिले युवा अवस्थामा अवसरलाई  सदुपयोग  गरे उन्नती प्रगती गर्न  युवाहरुको समय नलाग्ने प्रष्ट पारे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top