सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु


काठमाडौं । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका-५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको टेलिकमले जनाएको हो ।

‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ ’टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top