नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका रामनाथ अधिकारीलाई धादिङको गजुरीमा बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । शनिवार गजुरी स्थित नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना प्रदान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लामो समय देखि कृषि क्षेत्रमा लागेका कृषि विज्ञ र किसानका समस्यालाई राम्रोसंग बुझेका व्यक्तिहरुसंग परामर्श लिएर अगाडी बढ्ने बताए।
गृह जिल्ला धादिङ आइपुगेका नव नियुक्त मन्त्री अधिकारीलाई नेपाल प्रेस युनियन धादिङ लगायत नागरिक समाज संस्थाहरूले समेत सम्मान गरिरहेका छन् ।






