कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी


काठमाडौं । धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।

विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरकफरक रहेको जाहेरीमा उल्लेख छ । प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top