मानसिक रोग व्यवस्थापनको लागि कानुन निर्माण आवश्यक : मन्त्री बस्नेत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगलाई व्यवस्थित बनाउन कानुन निर्माणमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमास्थित पाटन अस्पतालमा आयोजित मानसिक स्वास्थ्य अस्पताल लगनखेलको ‘किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई’ उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले मानसिक रोग सबैको लागि चुनौतीपूर्ण रहेको भन्दै रोगीलाई उपचार गर्दै जाने मात्र नभई रोग बढीरहेकोबारे अध्ययन गर्न कानुन बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मानसिक रोग हामी सबैको लागि चुनौतिपूर्ण भएको छ । एक सयमा १० जनालाई मानसिक रोग देखिन थालेको छ । बच्चाहरूमा समेत त्यस्तै समस्या देख्न थालिएको छ । रोगीलाई उपचार गर्दै जाने त एउटा पार्ट भयो तर रोगी किन बढिरहेको छन् भनेर अध्ययन गर्न जरुरी छ । यसको लागि कानुन पनि बनाएर यसलाई व्यवस्थित गरेर जानुपर्छ ।’

उनले एयरपोर्टमा शैक्षिक क्षेत्रको विकृति वा विसङगतीको कारण विदेशिनेको लाइन लाग्ने गरेको बताए । चिकित्सा क्षेत्रमा उचित पारिश्रमिकको व्यवस्था नभएको भन्दै त्यसको पहलमा आफू जुटेको उनको भनाई छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top