आज दिनभर : राष्ट्रिय सभामा गठबन्धनको दबदबादेखि अध्यक्ष तिमिल्सिनाको कार्यकाल समीक्षासम्म


काठमाडौं । आज संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि निर्वाचन भएको छ । १९ सिटका लागि भएको निर्वाचनमा १८ सिट सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । कोसी प्रदेशमा भने गठबन्धन दललाई धक्का लागेको छ । त्यहाँ एमालेकी महिला क्लस्टरमा रुक्मिणी कोइराला विजयी हुँदै एमालेको साख जोगाइन् ।

दिउँसो ‘निर्विवाद हुन सकेनन् अध्यक्ष तिमिल्सिना’ शीर्षकमा आज साँझ बिदा हुन लागेका राष्ट्रिय सभा अध्यक्षको कार्यकालको समीक्षाबारे रिर्पोट बन्यो । दलबाट निर्वाचित भएर पुगे पनि संसद्का अध्यक्ष, उपाध्यक्ष पदहरु सबैको साझा व्यवहारको पदीय दायित्व भएको हो । तर, पदावधिभर सबैभन्दा बढी विदेश सयरको अवसर पाएका तिमिल्सिना विवादरहीत हुन सकेनन् । आफ्नो दल एमालेप्रति बढी वफादार भएको उनीमाथि आरोप लाग्यो ।

प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभा सक्रिय रहेको अनुभूति दिलाउन नसकेको साथै विभिन्न समितिहरुलाई सक्रिय बनाउन नसकेकोप्रति तिमिल्सिनामाथि प्रश्न उठ्यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटन गर्दा राष्ट्रिय सभा निष्क्रिय गराएको उनीमाथि आरोप छ ।

त्यसगरी, आज दिउँसो  संसदको हिउँदे अधिवेशनको तयारीबारे समाचार आयो । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको भन्दै आफूहरु कर्मचारी व्यवस्थापनदेखि अन्य प्राविधिक तयारीमा जुटेको बताए । समग्रमा आज ‘अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै,’ ‘केही व्यक्ति समाजको हारमोनी बिगार्न लागिपरेका छन् : प्रधानमन्त्री,’ ‘पाठ्यपुस्तक छपाइ धमाधम, समयमै पु¥याउन निर्देशन,’ ‘समुदायमा कांग्रेस अभियानमा केन्द्रीय प्रतिनिधि परिचालन,’ ‘नेप्से निरन्तर ओह्रालो, साताभरि ७१ अंकको गिरावट,’ ‘जाजरकोट भूकम्पमा अभिभावकविहीन ३० बालबालिका मामाघर आश्रममा’ लगायत समाचारले चर्चा पाए ।

यी हुन् आजका मुख्य समाचारहरु :


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top