गणेश पण्डितबाट नेताहरुले सिक्नुपर्छ : भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणेश पण्डितले दिएको योगदानको मूल्यांकन सही कोणबाट गरिनुपर्ने बताएकी छन् । शनिबार बामपन्थी नेता पूर्वसांसद, गणेश पण्डितको ‘स्मृति ग्रन्थ’ लोकार्पण कार्यक्रममा उनले समाज र राष्ट्रका लागि योगदान गर्नेहरुको मूल्यांकन सन्दर्भ अनुसार गर्नुपर्ने भन्दै त्यसमा पण्डितलाई पनि महत्वका साथ राख्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदानको घनत्वलाई समय र सन्दर्भ अनुसार मापन र मूल्यांकन गर्नुपर्छ । गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरिनुपर्छ ।’ यसका साथै, उनले गणेश पण्डितले व्यक्तिगत लाभका धेरै अवसर हुदाँ पनि जनपक्षको राजनीतिमा यातना भोगेर सक्रियताका साथ अगाडि बढेको भन्दै उनको यात्राबाट वर्तमान राजनीतिज्ञहरुले शिक्षा लिनुपर्ने बताइन् ।

यस्तै, उनले प्रजातन्त्रको पुनस्थापना पछि २०४८ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन नुवाकोट जिल्लाबाट नेकपा एमालेको तर्फबाट विजयी भई संसदमा समेत प्रभावकारी भूमिका खेलेको भन्दै पण्डितको तारिफ गरिन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top