महानायक राजेश हमालले पशुपति क्षेत्रमा गरे बृक्षारोपण


काठमाडौं । अभिनेता राजेश हमालले बृक्षारोपण गर्नु न्यायिकपूर्ण काम भएको बताएका छन् । आज पशुपती कृयापुत्री भवन अगाडि बृक्षारोपण गर्दै हमालले आफ्नो विशेष दिनलाई सत्कर्ममा परिवर्तन गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सबैको जीवनमा महत्वपूर्ण दिन वर्षमा एकचोटी आउँछ । त्यो महत्वपुर्ण दिनलाई सत्कर्ममा परिवर्तन गरेर लग्न सक्यौं भने त्योबाट धेरै लाभ लिन सक्छौं । ’ साथै उनले आजभोलि आधुनिकताको नाममा मानिसहरु भौतिक सुखसयलमा दौडिरहेको बताए । उनले जिउनको लागि जुन आधारभूत आवश्यक्ता हो शुद्ध खाना, पानी र वातावरणलाई नजरअन्दाज गर्न नहुने जिकिर गरे । उनले वातावरणलाई सरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको समेत बताए ।

उनले भने, ‘हाम्रो वातावरणलाई स्वस्थ्य राखौं । किनकी पृथ्वी भनेको हाम्रो सन्ततीको लागि नासो हो । हामीले मात्र प्रयोग गर्ने होइन, हरेक पुस्ताले आफ्नो सन्ततिको लागि सही ढंगमा हस्तान्तरण गर्दै जानुपर्छ ।’ बृक्षारोपण कार्यक्रममा चर्चित रबिन्द्र खड्का, रमेश बुढाथोकी,नवल खड्का, गौरव पहाडीलगायत कथा वाचिका देवी प्रतिभाको समेत उपस्थिति रहेको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top