गणतन्त्र दिवसमा वास्तविक गणतन्त्र खोजियोस् : च्रन्द भण्डारी


काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले गणतन्त्रको मालिक खोज्दै गणतन्त्र दिवसमा वास्तविक गणतन्त्र खोज्न आग्रह गरेका छन् । मंगलबार १७ औँ गणतन्त्र दिवसको सन्दर्भमा भण्डारीले शुभकामना सन्देश दिँदै गणतन्त्रले वास्तविक प्रत्याभूति नदिएको जिकर गरेका छन् । उनले गणतन्त्रको महत्व स्थापित हुन नसकेको बताएका छन् ।

‘आन्दोलनको विश्वास !!! गणतन्त्रका मालिक जनता !!! आज मालिक को ? गणतन्त्रको महत्व बढाउने कसले हो ? के गणतन्त्र भाषण हो ? गणतन्त्र विगतको (कु) संस्कार ? संस्कृतिको निरन्तरता हो ? जनता कहॅा छन् ? जनताको आवश्यक्ता र चहाना के छ ? गणतन्त्र दिवसमा वास्तविक गणतन्त्र खोजियोस् त्यसको पहिचान पनि यही मंगलमय शुभकामना !!!’ उनले संजालमार्फत लेखेका छन् ।

उनले गणतन्त्रको उद्धघोष भएतापनि विगतका कु संस्कारले निरन्तरता दिरहेको संकेत गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top