काठमाडौँ । सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना बयानका लागि सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलनमा मुद्दामा सर्वोच्चले आदेश दिएबमोजिम उनीहरु बयानका लाागि सर्वोच्च पुगेका हुन् । बिहिबार बिहान उनीहरु दुवैजना सर्वोच्चमा पुगका छन् ।
सर्वोच्च अदालतले सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार बिहान ६ बजेर २ मिनेटमा प्रकाशन र प्रसारण भएका ‘द डार्क फाइल’ श्रृङ्खलाका सामग्रीले अदालतको अवहेलना भएको भन्दै प्रतिवेदन उठाएको थियो ।
त्यससँगै सर्वोच्च अदालतले गत सोमबार सिधाकुरामा प्रकाशन र प्रसारण गरेका सामग्री २४ घण्टाभित्र हटाउने, प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि हाजिर गराउने र सो विषयसँग सम्बन्धित थप सामाग्री प्रकाशन र प्रसारण गर्नमा रोक लगाउन आदेश भएको थियो ।
सर्वोच्चका न्यायधिशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले दिएको आदेश बमोजिमको सिधाकुराले सबै सामग्री हटाएर बयानका लागि सर्वोच्च पुगेका हुन् ।






