बिस्का जात्रा : सुजनले दोस्रोपटक छेडे जिब्रो (फोटोसहित)


मध्यपुरथिमि | मध्यपुरथिमिको बोडे जात्रामा सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। नयाँ वर्ष उत्सवका रूपमा वैशाख २ गते मनाइने बिस्काः जात्राको अवसरमा सुजनले जिब्रो छेडेका हुन्। अघिल्लो वर्ष पनि  जिब्रो छेडेका थिए।

२८ वर्षीय सुजन बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। त्यसअघि उनका दाइ कृष्णचन्द्र बाग श्रेष्ठले बाह्रपटक जिब्रो छेडाएपछि बुद्धकृष्णले जिम्मेवारी सम्हालेका थिए।

जुजुभाइ बासँ श्रेष्ठले पनि आठौं पटक आफ्नो जिब्रो छेडाएका छन्। यो जात्रामा बेखानारायण हायश्रेष्ठ नाम गरेका व्यक्तिले ३२ पटकसम्म जिब्रो छेडेको मानिन्छ। उनले १९९१ सालदेखि २०२२ सालसम्म जिब्रो छेडेका थिए।

परम्पराअनुसार जिब्रो छेडिसकेपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्नुपर्छ। सहर परिक्रमा गरूञ्जेल जिब्रोबाट सुइरो झिक्नुहुन्न। बोडेकै महालक्ष्मी मन्दिर घुमेपछि बल्ल सुइरो झिकेर सोही मन्दिरमा ठोक्ने परम्परा छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top