भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण : प्रथम उपराष्ट्रपति


काठमाडौं । प्रथम उपराष्ट्रपति परमानन्द झाले समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्ने बताएका छन् । शनिबार काठमडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोहमा उनले विगतमा आफैले धेरै कार्यक्रममा भ्रष्ट व्यक्तिलाई समेत सम्मान गर्नुपरेको स्मरण गर्दै समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सम्मान पाउने व्यक्ति छनोट गर्दा असाध्यै ध्यान दिनुपर्छ । समाजमा दुरनाम कमाएका भ्रष्ट कर्मचारी वा व्यक्तिहरुलाई पनि सम्मान गर्नु परेको थियो । मैले विश्वास लिएको छु । यस कार्यक्रममा ति कुराहरु भएको छैन् ।’

उनले सम्मान पाउने कुरा आफैमा राम्रो भएको भन्दै सम्मानले व्यक्तिलाई समाजमा योगदानको लागि जिम्मेवारी थप्ने बताए । उनले भने,‘सम्मान पाउनु असाध्यै राम्रो कुरा हो । यसले सम्मान पाउने व्यक्तित्वलाई समाजमा केही गर्ने अझै जिम्मेवारी थपेको हुन्छ । जिम्मेवारीबाट समाज देश र राष्ट्रलाई राम्रो गर्ने अठोट मिल्छ ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top