सञ्चारमन्त्रीको भनाई : ‘ब्यान्डविथको प्लेटफर्म नहुँदा पूर्णरुपमा टिकटक बन्द गर्न सरकारले सकेन’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताईन् । सरकारको असफलताबारे चर्चा गर्दै मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा भनिन्, ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्ने सरकारको निर्णय असफल भएको भन्दै उनले, प्लेटफर्म बनाउन प्रयत्न गर्न जरुरी छ ।

मन्त्री शर्माले भनिन्, ‘टिकटक बन्द गर्ने भनेर हामी सरकारले निर्णय त गर्यो तर हामीले पुरै बन्द गर्न सकेनौं नि त । किनकी हामीसँग त्यो खालको प्रविधि छैन् रहेछ । ब्यान्डविथको प्लेटफर्म छैन् रहेछ । हाम्रो सबै सेवा प्रदायकले आ–आफ्नै तरिकाले विदेशबाट किनेर ल्याउनुहुन्छ त्यसकारण सिङ्गो एउटा प्लेटफर्म बनाउन सक्ने हो भने हामीले वान स्विचमा अन अफ गर्न सक्थ्यो नि । त्यसको निम्ति पनि प्रयत्न गर्न जरुरी छ ।’

इन्टरनेटको दुरुपयोगबाट महिलाहरुले असुरक्षा र हिंसा भोग्नुपरेको मन्त्रीको भनाई छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन् तर त्यसको नियमन गर्न नसक्ने हुँदा असुरक्षा पैदा भएको उनको भनाई छ ।

मन्त्रीले भनिन्, ‘इन्टरनेटको प्रयोगबाट धेरै फाइदा लिन सक्छौँ । अझ जति प्रयोग गर्नुपर्ने हो । त्यति प्रयोग गर्न सकेको छैनौ । हामीले सबै प्रयोग गर्न सके हामीले धेरै नै अगाडि जान्छौं । इन्टरनेटको प्रयोगकर्ताहरूको दुरुपयोगबाट महिलाहरुले असुरक्षा, हिंसा भोग्नुपरेको छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म हामी प्रयोग त गछौँ । तर त्यसलाई नियमन गर्ने स्थिति छैन ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top