काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय र विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ । बाढीको १३ औं दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो ।
भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । विनाशकारी बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् र खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको छ ।










