मौसम : दशैंको टीकाको दिन कहाँकहाँ छ वर्षाको सम्भावना?


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। बिहीबार बडादशैं अन्तर्गत् टीकाको दिन सबै प्रदेशमा साधारणतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बिहीबार राति पनि सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

 


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top