काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि माग गरे ।
उनले भने, ‘यति दुइटा कुरा भयो विद्यार्थीहरुको ९० प्रतिशत जवाफ त्यही हुन्छ । यी दुईटा काम गर्नको लागि व्यवस्था परिवर्तन गर्न पर्दैन । सजिलै सरकारले गर्ने कुरा हो। मेरो नेतृत्वको सरकारले अगाडि बढाइसकेको छ । त्यसलाई अन्तिम रुप दिइयोस् ।’
उनले शिक्षा विधेयक आउन सरकारकै कारणले ढिलाइ भइरहेको आरोप लगाए ।






