काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले फणिराज पाठकलाई छाडेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार, कागज गरेपछि उनलाई शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको हो । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बिहान बोलाएको थियो ।
दिनभर केरकार गरेर राति उनी छुटेका हुन् । ‘श्री ५ महाधिराज सरकार’ भन्दै निकालिएका विज्ञप्ति लगायतका विषयमा बुझ्न भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पाठक ज्ञानेन्द्र शाह राजा छँदा राजदरबार संवाद सचिवका रूपमा कार्यरत थिए । साथै, उनलाई सचिवालयको आधिकारिकता लगायताक विषयमा पनि बुझ्न भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भन्दै उनलाई त्यसबारे सोधिएको अधिकारीहरूले बताएका छन् ।






