माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। उनको अवस्था सामान्य रहेको स्रोतको भनाई छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top