प्रकृति लम्सालको नाममा केआइआइटीले नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने


काठमाडौं । भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआइआइटी)ले प्रकृति लम्सालको सम्मान र संस्मरणमा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ।

केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको र उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घो‍षणा गरिएको जनाएको छ।

फागुन ४ गते केआइआइटीको होस्टलमा मृत अवस्थामा भेटिएकी लम्सालको बुधबार राति नै नेपाल ल्याएर दाहसंस्कार गरिएको छ।

Details: https://www.facebook.com/share/p/1BWyg6uYfd/


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top