सर्वोच्चको सर्भर डाउन हुँदा चितवनमा रविको बयान ढिला सुरू


चितवन । साहारा चितवन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन दायर मुद्दामा बयान सुरू भएको छ । लामिछानेकाे मुद्दा न्यायाधीश दयाराम ढकालकाे २ नम्बर इजलासमा परेको छ ।

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ । उनी हिजो नै चिवतन पुगेका थिए ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो । रविविरुद्ध चितवनमा हिजो मुद्दा दायर भएको थियो । उनी साढे ९ मै अदालतमा उपस्थित भएका थिए । तर, सर्वोच्च अदालतको सर्भर डाउन भएकोले ९:३० बजे नै अदालत पुगेपनि बयान प्रक्रिया पौने १२ बाट मात्र सुरू भयो ।

रविको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top