प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन् । ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top