सिटौलाद्वारा बस परिचारिका (होस्टेज) र महिला बस चालकलाई सम्मान


काठमाडौं​ । विश्वकर्मा पूजाको अवसर पारेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दुई व्यक्तिलाई नगद सहित सम्मान गरेका छन् ।

सिटौलाले आफ्नो जन्मदिनको अवसर पारेर नेपालकै पहिलो महिला बस परिचारिका नर्मता खत्री र पहिलो रात्री बस चालक महिला रेबिका थापालाई पाँच पाँच हजार रुपैयाँ नगद सहित सम्मान गरेका हुन् ।

सम्मान गर्दै बरिष्ठ उपाध्यक्ष सिटौलाले सार्वजनिक यायायातको क्षेत्रमा महिलालाई आर्कषित गर्न सकेमा यो व्यवसाय नै मर्यादित हुने धारणा राखे । हजारौं नर्मता र रेविकाहरुलाई यातायात क्षेत्रमा आवद्ध गराउनका लागि महिला मैत्री सार्वजनिक यातायात बनाउनु पर्ने सिटौलाको भनाइ थियो ।

सम्मानित भएपछि महिला चालक रेविका थापाले सबैले गाडी चलाउने भएपनि आफूहरुले पेषाका रुपमा अंगालेको तर महिलाका लागि काम गर्न असहज भएको गुनासो गरे ।

रेविकाले काठमाडौं देखि धनगढी रुटमा रात्री बस चलाउँदै र त्यसबाट आएको आम्दानीका साथै अन्यदाताहरुले दिएको सहयोगबाट ४२ अनाथ बच्चाहरुलाई संरक्षण दिँदै आएकी छिन् भने बस होस्टेज नम्रताले काठमाडौं देखि दाङको रुटमा चल्ने बसमा परिचारीकाको भूमिका निर्वाह गर्दै आएकी छिन् ।

कार्यक्रममा महासंघका अध्यक्ष बिजयबहादुर स्वांरले सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित बनाउन सरोकारवालाहरु एक भएर लाग्नु पर्ने धारणा राखे ।

कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरु निकायका प्रतिनिधिहरुले पनि आफ्नो पेषागत हक हितका लागि सबै एक हुन आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमको आयोजना पूर्व यातायात व्यवस्थापन प्रा.लि.ले गरेको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top